Logo

रमेश लेखकको दाबी : गठबन्धनको बहुमत आउँछ, निर्वाचनपछि देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ (भिडिओसहित)



काठमाडौं, २४ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रतिनिधिसभाका लागि कञ्चनपुर–३ का उम्मेदवार रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकालीको पुल आफूले बनाएको भनेर गरेको दाबीमा सत्यता नभएको टिप्पणी गरेका छन् । उनले आफूले मन्त्री भएको बेलामा महाकालीको पुलको लागि काम गरेको दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता लेखकले अहिलेका समकालिन नेताहरुमध्ये सबैभन्दा सक्षम नेता शेरबहादुर देउवा नै रहेको दाबी गरे ।

उनले अहिलेको चुनाव भनेको संविधान भत्काउने र बचाउनेहरुबीचको लडाई रहेको भन्दै संविधान बचाउनेको नेतृत्व देउवाले गरेको सुनाए । उनले मंसिर ४ गतेको निर्वाचनपछि पनि देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरे ।

उनले भने,‘अहिले गठबन्धन छ । गठबन्धनभित्रको सहमति र समझदारीमा नै प्रधानमन्त्री बनाउँछौं । मलाई विश्वास छ, अहिलेको गठबन्धन नै कायम रहन्छ ।’ उनले पाँच दलीय गठबन्धनको बहुमत आउनेपनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्