Logo

मंसिर ४ को निर्वाचन युवा पुस्ता कि हजुरबा पुस्ता भन्ने जनमतसंग्रह होस् : रेखा थापा



मोरङ, २४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको जिकिर गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उमेदवार समेत रहेकी थापाले बिहिबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् ।

पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले भनिन्,’मंसिर ४ को निर्वाचन केवल निर्वाचन मात्रै हैन । यो युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह पनि हो । यो पटक देशभर युवाहरु परिवर्तनको लागि बोद्रोह गरेरहेका छन् ।’

उनले पुरानो पुस्ताबाट वाक्क भएका जनताहरुलाई बिकल्प दिन युवा पुस्ता मैदानमा आउन बध्य भएको जिकिर गरेकी छन् । उनले भनिन् ‘पार्टी बचाउने नाममा आफ्नो छोरा, नाति, बुहारी खाडी पठाउने, छोराछोरी कहिले फर्किएर आउलान भनेर बुवा आमा कुरेर बस्ने, अनि छोरो सग्लो आउँछ कि बाकसमा आउँछ थाहा छैन । यस्तो राजनीति कहिलेसम्म गर्ने रु यो पटक युवा जागेका छन् । युवालाई निराश नबनाई दिनुहोस् ।’

थापाले युवा पुस्तालाई जनताले निराश बनाए फेरि पनि देशको अवस्थ उस्तै रहने बताएकी छन् । ‘आज पनि हाम्रो देशलाई सतीले सरापेको देश भन्छन् । यस्तो नहोस् कि अब युवाले सरापेको देश बनोस् ।’-रेखाले भनिन्,

उनले साँच्चै नेपाली जनताले विकास चाहने हो भने जुनसुकै पार्टी भएपनी नयाँ अनुहार र युवा जोसलाई नीति बनाउने स्थानमा पुर्‍याउनुको विकल्प नरहेको बताएकी छन् ।
आफ्नो पर्टीका नेतृत्वलाई सुधार्न भएपनी जनता परिवर्तनको पक्षमा उभिने विश्व व्यक्त गरेकि छन् ।



प्रतिक्रिया दिनुहोस्