Logo

ग्राण्डीका चिकित्सक चौधरीमाथि श्रीमतीलाई काठमाडौंमा घर माग्दै यातना दिएको आरोप



काठमाडौं, २७ कात्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा. पंकज चौधरीमाथि श्रीमती नेहा चौधरीलाई दाईजोमा काठमाडौंमा घर माग्दै यातना दिएको आरोप लागेको छ ।

ग्राण्डीमा कार्यरत चौधरीले आफूलाई पटकपटक कुटपिट गरेर यातना दिने गरेको उनकी श्रीमती नेता चौधरीले आरोप लगाएकी हुन् । आफूलाई श्रीमान डा. चौधरीसहित सासू र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्ने गरेको उनको भनाइ छ ।

बिबाह भएको ८ महिना भएको र श्रीमानसँगै बस्दा आफूमाथि कुटपिट हुने गरेको नेहाको वेदना छ । ‘मेरो श्रीमान काठमाडौंमा बस्नु हुन्छ । ग्राण्डी हस्पिटलमा काम गर्नु हुन्छ । मलाई नि आफूसँग राख्नु भन्ने वित्तिकै मलाई कुटपिट गर्नु हुन्थ्यो । पटकपटक तेहि गर्ने गर्नु हुन्थ्यो ।’ उनले फेसबुकमा लेखिकी छिन्, ‘म सहन नसकेर महिला थानामा गएँ । मलाई गम्भीर हुने गरी पिट्नु भये र मेरो आमा .लाई आफनो छोरी लैजाऊ भनी खबर मेरो ससुरा बाले गर्नु भयो । म ३ दिन दिन हस्पिटलमा भर्ना भई जाँच गराए ।’,

अस्पतालमै पुगेर श्रीमानले घर छिर्न दिन्न भनेको पीडित नेहाले लेखेकी छिन् । दुई दिन थानामा राख्दा पनि सँगै राख्दिन भनेको उल्लेख गरेकी छिन् । ‘मैले मेरो जाएरी घरेलू हिंसाको मुदाको दर्ता गराए । तेही दिन ४ गते उनले डिभोर्स मुद्दा दिनु भयो । मलाई घर छिर्न दिनु भएन मलाई अंश दिनु पर्छ बिछोड हुँदा भनेर उहाँले आफ्नो सम्पूर्ण सम्पत्ति घरसहित छोरीहरुलाई बकस गरिदिनु भयो । मलाई
उहाँको सम्पत्ति वा अंश चहेको हैन । म बिहे गरेको बसनको लागि हो । उहाँहरुले मलाई फेरी फेरी कुटपीट नगरोस् भनेर म महिला थानामा गए ।’, उनले फेसबुकमा खुलस्त पारेकी छिन् ।

नेहाले फेसबुकमार्फत न्यायका लागि सहयोग समेत मागेकी छिन् । उनले न्यायको याचना गर्दै लेखेकी छिन्, ‘अब मैले न्याय कसरी पाउने । म घरबाट निस्किन नी मलाई गाह्रो भइरहेको छ । तेरो अनुहार बिगारिदिन्छु भनी धम्की दिनु भयो !’,

 

 

 



प्रतिक्रिया दिनुहोस्