एजेन्सी, २७ कात्तिक । उदयपुर–अहमदाबाद रेलमार्गको पुलमा शनिबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ । जसका कारण ट्रयाकमा दरार परेको छ । घटनास्थलमा बारुद पनि फेला परेको छ ।
अपराधीहरुले पुल बम विस्फोट गरी रेलमार्ग भत्काउने योजना बनाएका थिए । विष्फोट हुनुभन्दा चार घण्टाअघि मात्रै रेल यस ट्र्याकबाट गुज्रिएको थियो । घटनापछि अहमदाबादबाट उदयपुर आउँदै गरेको ट्रेनलाई डुङ्गरपुरमा रोकिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ३१ अक्टोबरमा नै यो लाइनको उद्घाटन गरेका थिए ।
धेरै ठाउँमा रेल लाइन फुटेको छ, ट्र्याकमा क्षति पुगेको छ । पुलको लाइनबाट नट बोल्ट पनि हराएका छन् । घटनास्थलमा बम स्क्वाड र फोरेन्सिक टोली पुगेर प्रमाण संकलन गरेको छ । राजस्थान प्रहरीको एन्टी टेररिस्ट स्क्वाड (एटीएस) पनि घटनास्थलमा पुगेको छ । विष्फोटमा सुपर पावर ९० नामक डेटोनेटर प्रयोग गरिएको छ । एफएसएल र एटीएसले घटनास्थलबाट प्रमाण संकलन गरेका छन् ।
घटना उदयपुरबाट करिब ३५ किलोमिटर टाढा सलुम्बर सडकमा रहेको केभाडेकी नालस्थित ओढा रेलवे पुलको हो । जहाँ शनिबार राति करिब १० बजे स्थानीयले बम विस्फोटको आवाज सुनेका थिए । यसपछि केही युवा तुरुन्तै ट्र्याकमा पुगे । उनले रेलवे लाइनमा बारूद परेको देखे। धेरै ठाउँमा ट्र्याक फुटेका छन् । पुलको लाइनबाट नट बोल्ट पनि हराएका थिए । ट्र्याकमा पातलो फलामको पाना पनि उखेलिएको भेटिएको छ ।
यो अवस्था देखेर गाउँलेहरूले तुरुन्तै रेल अधिकारीहरूलाई दुर्घटनाको जानकारी दिए। त्यसपछि ट्र्याकमा सवारी आवागमन रोकिएको थियो । उक्त ट्र्याकमा रेल आएको भए धेरैको ज्यान जोखिममा पर्न सक्छ ।