काठमाडौं, २८ कात्तिक । शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । सोमबार आज नेप्से परिसुचक २१ दशमलव २६ अंकले बढेर १९०४ दशमलव ४३ विन्दु कायम भएको हो ।
केही दिन यता निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने १ दशमलव १३ प्रतिशतले बृद्धि भएको हो ।
नेप्सेको अनुुसार २४ लाख ५२ हजार ८४ कित्ता शेयर खरिद विक्रि हुँदा ९४ करोड ६० लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक १० करोड ९६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।