काठमाडौं, २९ कात्तिक । सरकारले मंसिर ४ गते हुने निर्वाचनका लागि तीन दिन शिक्षण संस्थाहरु बन्द गर्ने भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेशसभा लक्षित गर्दै गृहमन्त्रालयले मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरुमा बिदा दिएको हो ।
त्यस्तै, सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने पनि निर्णय भएको छ ।