Logo

झलनाथ खनालले म जित्छु भन्न पाउनुहुन्छ, तर फैसला गर्ने मतदाता मेरो पक्षमा छन्ः महेश बस्नेत



काठमाडौं, ३० कात्तिक । नेकपा एमालेका नेता एवं इलाम १ का उम्मेदवार महेश बस्नेतले नेकपा (एकीकृत समाजवादी) का सम्मानित उम्मेदवार झलनाथ खनाललाई हराएर देखाउने दाबी गरेका छन् ।
‘चुनावमा उम्मेदवारका हैसियतले झलनाथ खनालले मैले जित्छु भन्न पाउनुहुन्छ । तर फैसला गर्ने मतदाताले हो । गठबन्धन माथि माथि मात्रै हो, तलका जनताको गठबन्धन मसँग छ । अबको विजेता मै हुँ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने ।
खनालले पटकपटक सांसद भएर पनि आम सरोकारका विषय सम्बोधन गर्न नसकेको आरोप पनि उनले लगाए । बस्नेतले थपे, ‘जनताले उहाँलाई पत्याएका छैनन् । किनभने उहाँले आम सरोकार विषयमा चासै राख्नुभएन । यहाँको पूर्वाधार विकास, कृषि प्रणालीको आधुनिकीकरण, सहुलियत र राहतको विषयलाई अब म अघि बढाउँछु ।’



प्रतिक्रिया दिनुहोस्