Logo

रामचन्द्रलाई जिताउन तनहुँवासी आतुर, मतदाता पनि उत्साही



काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल चुनाव जित्नेमा ढुक्क छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पौडेललाई जिताउन सो क्षेत्रका मतदाता उत्साहीत भएका छन् ।

उक्त क्षेत्रमा कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशी र नेकपा एमालेबाट एकबहादुर रानाले उम्मेदवारी दिएका छन् ।

जोशीको उम्मेदवारीले पौडेलको जितलाई बाधक बन्ने अड्कलबाजी भइरहेको बेला एमालेले पनि उम्मेदवारी दिएपछि पौडेल आफूले जित्नेमा ढुक्क भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्