Logo

काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार बालकृष्ण नेउपानेको गर्जन–निर्वाचनको मुखमा उम्मेदवारले एकले अर्कोलाई समर्थन गर्नु आर्थिक चलखेल हो (भिडिओसहित)



नेउपानले सुनाए आफूलाई मत दिनुपर्ने कारण
काठमाडौं, १ मंसिर । काठमाडौं–१ का प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बालकृष्ण नेउपानेले चुनावी फण्डाबाट सचेत रहन आफ्नो क्षेत्रका आम मतदाताहरुसमक्ष अपिल गरेका छन् । उनले चुनावको पूर्व सन्ध्यामा काठमाडौं–१ का उम्मेदवारहरुले अनेक फण्डा गरेको र एकले अर्को उम्मेदवारलाई समर्थन गर्नु पैसाको चलखेल भएको आरोप लगाए । बरिष्ठ अधिवक्तासमेत रहेका नेउपाने शंख चिन्ह लिएर चुनावी मैदानमा छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उम्मेदवार नेउपानेले केही उम्मेदवारले आफ्नो क्षेत्रमा डमी उम्मेदवार उठाउने र उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरेको भन्दै नाटकीय काम भएको भन्दै आपत्ति जनाएका छन् । उनले भने,‘निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता नलिने, तर निर्वाचको मुखैमा आएर मेरो समर्थन फलानोलाई भन्नुल ती कथित उम्मेदवारीहरुको नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ ।’

उनले यसरी निर्वाचनको मुखैमा आएर उम्मेदवारहरुले अर्को उम्मेदवारलाई समर्थन गरेको भन्नुले आर्थिक लेनदेन भएको कुरा घामजस्तै पुष्टि भएको पनि दाबी गरेका छन् । उनले नैतिकहीनहरुलाई मतदाबाटै जवाफ दिनपनि आम मतदाताहरुसमक्ष अपिल गरेका छन् । सो क्रममा उनले आफूलाई किन मत दिने भन्नेबारे पनि प्रकाश पारेका थिए ।

उनले आफूले एमसिसीका विरुद्ध सडकमा उभिएको स्मरण गराए । उनले भने,‘मैले एमसीसीको विरुद्धमा दिनदिनै सडकमा गएर बोलेको थिएँ, तपाईँलाई एमसीसीको विरोध गर्नैपर्दथ्यो भन्ने लागेको भए मत दिनुहोला, नत्र मलाई मत नदिनुहोला ।’ नेउपानेले आफूले टनकपुर सन्धीका विरुद्धमा सर्वोच्च अदालतमा गएर रिट हालेर महाकाली जोगाएको पनि दाबी गरेका छन् ।

उनको विज्ञप्ती यस्तो छ :

 



प्रतिक्रिया दिनुहोस्