Logo

मंसिर १ गते राती १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म प्रचारप्रसारका गतिविधि गर्न नपाइने



काठमाडौं, २ मंसिर । मंसिर १ गते राती १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने भएको छ । बिहीबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको यस्तो निर्णय गरेको हो ।

मंसिर ४ गते राती १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न पाइने छैनन् ।

फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालाहरूलाई निर्देशन दिने समितिको बैठकले निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्