काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १५ गतेसम्म आफ्नो पार्टीको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् ।
आज मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।
ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
सो क्रममा उनले देशभरि शान्तिपूर्ण रुपमा मतदान हुने विश्वास लिएका छन् ।
ओली भने झापा–५ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् ।