काठमाडौं, ५ मंसिर । काठमाडौं–३ मा नेकपा एमालेले अग्रता लिएको छ । ३४ सय २४ मत गन्दा एमालेका कृष्ण राईले १ हजार ७५ मत प्राप्त गरेर अग्रस्थान छन् ।
उनलाई पछ्यादै नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८ मत ल्याएका छन् । राई र चालिसेबीचको मतान्तर १७ रहेको छ ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ मत प्राप्त गर्दा राप्रपाका गणेश गिरीले २५२ मत ल्याएका छन् ।