काठमाडौं, मंसिर ६ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा गणना सुरु भए देखि तेस्रो नम्बरमा रहँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दोस्रो नम्बरमा उक्लिएका छन् ।
घन्टी चुनाव लिएर उम्मेदवारी दिएका उनले ७०४१ मत गन्दा २२२७ मत ल्याएका छन् ।
पहिलो नम्बरमा रहेका कृष्णभक्त पोखरेलले २३३१ मत ल्याएका छन् । तेस्रो नम्बरमा पुगेका उमेश श्रेष्ठले २०३६ मत ल्याएका छन् ।