काठमाडौँ,८ मँसिर । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ ‘१’ मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह पुनः निर्वाचित हुनुभएको छ ।
सिंहले १५ हजार छ सय ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामबाबु यादवले १४ हजार छ सय १६ मत ल्याउनुभएको छ ।
सिंहसहित सर्लाहीमा चार जना प्रदेशसभा सदस्यमा पुनः निर्वाचित हुनुभएको छ । पुनः निर्वाचित हुनेमा सर्लाही १ को ‘२’ मा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली र १ ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महतो तथा ३ ‘२’ मा जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार यादव विजयी हुनुभएको छ । रासस