काठमाडौं, १० मंसिर । धनुषा-१ बाट प्रतिनिधिसभाका लागि जसपाका दीपक कार्की निर्वाचित भएका छन् ।
उनले माओवादी केन्द्रका मात्रिका प्रसाद यादवलाई पराजित गरेका हुन् ।
निर्वाचित कार्की र पराजित यादवबीच ५९४८ को मतान्तर छ ।
कार्कीले २७४३१ मत ल्याउँदा यादवले २१४८३ मत ल्याएका छन् ।
यो जितसँगै कार्कीले यादवसँग ०७४ को हारको बदला लिएका छन् ।