Logo

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी



काठमाडौँ,११ मँसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ९कान्छाराम० विजयी हुनुभएको हो ।

एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार सात सय २९ मत प्राप्त गर्नुभएको थियो ।

एमालेका उम्मेदवार ढुङ्गेललाई १६ हजार तीन सय ६९ मतले पछि पार्दै तामाङ निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभातर्फको मतगणना सम्पन्न हुँदा चार हजार सात सय ८१ मत बदर भएको थियो । यस्तै प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १७ हजार एक सय ४८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार एक सय ५७ मत प्राप्त गर्नुभएको थियो ।

श्रेष्ठले पौडेललाई एक हजार नौ सय ९१ मतले पराजित गर्नुभएको हो । यस्तै प्रदेशसभा (२) मा पनि गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका युवराज चौलागाईंले एमालेका मिलनकुमार घिसिङलाई पराजित गर्नुभएको छ । चौलागाईंले २२ हजार नौ सय ७९ मत प्राप्त गर्दा घिसिङले १८ हजार दुई सय छ मत प्राप्त गर्नुभएको थियो । चौलागाईंले घिसिङलाई चार हजार सात सय ७३ मतान्तरले पराजित गर्नुभएको हो । रासस



प्रतिक्रिया दिनुहोस्