काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा बाग्मती प्रदेशका सांसद सरल सहयात्रीले सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्ने बताएका छन् । उनले सरकार कांग्रेस र माओवादी केन्द्रबचि आलोपालो चलाउनुपर्ने भन्दै पहिलो प्रधानमन्त्री माओवादीलाई स्विकार गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्–”लोकतान्त्रिक(वाम गठबन्धन चुनाव पछिको मात्रै गठबन्धन नभएर गत २०७४ को चुनावमा प्रत्यक्ष तर्फ २३ सिटमात्रै जित्न सफल नेपाली कंग्रेसलाई प्रधानमन्त्री स्वीकार गरी लोकतन्त्रलाई बचाउने अभियानको एक हिस्सा समेत हो । यस पटक बिना बिबाद नेपाली कंग्रेसले पहिलो प्रधानमन्त्री नेकपा ९माओबादी केन्द्र० लाई स्वीकार गर्नु यस अभियानलाई मज्बुत पार्नुको साथै उसको नैतिक राजनीतिक दायित्व समेत बन्दछ ।”