Logo

प्रधानमन्त्री देउवा र सिके राउतबीच भेटवार्ता, सरकारमा सहभागी हुने राउतको प्रतिक्रिया



काठमाडौं, १५ मंसिर । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुनेबारे छलफल भएको छ ।

राउत सर्लाहीबाट निर्वाचित सांसद हुन् । उनी यतिवेला काठमाडौंमा छन् । उनले कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने जनाईसकेका छन् । मधेश प्रदेशमा पनि राउतको पार्टी निर्णायक छ ।

सरकार बनाउनको लागि कांग्रेसले जनमत पार्टीको साथ खोजेको छ। त्यसमा पनि राउतले सकारात्मक जवाफ दिएका छन् । भेटवार्तामा कांग्रेस नेताहरु विमलेन्द्र निधि र पूर्णबहादुर खड्का पनि सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्