Logo

दोलखामा कस्तो छ मतगणनाको पछिल्लो अवस्था !



काठमाडौं, १८ मंसिर । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको दोलखामा मतगणना जारी छ । सुरुवातीदेखि अग्रता लिदै आएका नेकपा माओवादी केन्द्रका गंगा कार्की अहिले पछि परेका हुन् ।

कार्की नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीभन्दा झण्डै २ हजार मतले पछि परेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार शिवाकोटीले १७ हजार ५२८ मत ल्याएका छन् भने कार्कीले १५ हजार ७ सय मत प्राप्त गरेका छन् ।

त्यसैगरी, अहिलेसम्म ३९ हजार ३७९ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २४ सय ६० मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्