काठमाडौं, १९ मंसिर । सर्वोच्च अदालतमा आज अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी मुद्दाको सुनुवाइ हुँदैछ ।
अहिले प्रतिनिधिसभाको कार्यकाल सकिइसके छ । यद्यपी सर्वोच्चले भने उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम राखेर उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी दर्ता गराएको भन्दै रिट दायर गरेका थिए । ओलीले आफ्ना १४ सांसदलाई गरेको निष्कासनलाई मान्यता नदिएको भन्दै सभामुखविरुद्ध पनि मुद्दा दायर गरेका छन् । ति दुबैको सुनुवाई हुँदैछ ।