काठमाडौं, मंसिर २१। आगामी नयाँ सरकार निर्माणमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस र एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको हो ।
वर्तमान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकाले एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहने सम्भावना बढेको एमालेका नेताहरुको बुझाइ छ । आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।