Logo

सालाको हत्या गर्ने भिनाजुले गरे आत्मसमर्पण



कैलाली, २२ मंसिर । कैलालीमा हँसिया हानेर सालाको हत्या गर्ने भिनाजु गौरीलाल ढुंगानाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय ढुङगानाको हँसिया प्रहारबाट मृत्यु भएको थियो ।

भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको छ। मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार भएका थिए । उनको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो । तर ढुंगाना आफै इलाका प्रहरी कार्यालयमा आएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्