Logo

कार्यालय तोडफोड गरेकोमा नेपाल स्काउटको आपक्ति, अदालतको निर्णय पालन गर्नूपर्नेमा जोड



काठमाडौं, २३ मंसिर । स्काउटको प्रधान कार्यालयमा प्रहरीले गुण्डागर्दी शैलीमा कार्यालय तोडफोड गरेको भन्दै नेपाल स्काउटले आपक्ति जनाएको छ ।

स्काउटले राजधानीमा आज पत्रकार सम्मेलन गर्दै व्यापारीको पक्षमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोल्ीले गुण्डागर्दी शैलीमा खटिएका सुरक्षाकर्मीहरुमाथि हातपात गर्दै कार्यालय तोडफोड गरेको आरोप लगाएको हो ।

उच्च अदालत पाटनले स्काउटलाई स्कटल्याण्ड डेभलप्मेन्ट प्रा.लि.ले १ करोड ८५ लाख १८ हजार १६६ रुपैयाँ तिर्न आदेश दिएको छ । अदालतको आदेशलाई कम्पनीले लत्याएको स्काउटको आरोप छ ।

प्रहरी आफैले अदालतको धज्जी उडाएको उनीहरुको टिप्पणी छ । आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको निर्बिवाद उपभोग गर्न पाउने सुरक्षित वातावरणको सुनिश्चिता गर्न र अदालतको निर्णय पालन गराउन सरकारसँग माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्