काठमाडौं, २४ मंसिर । नेपाली काग्रेश नेता प्रकाशमान सिंहले देशलाई विकाशको बाटोमा अगाडि बडाउन नागरिकको सुझाव सदैव आवश्यक रहेको बताएका छन् । अहिले पनि मुलुक जटिल राजनैतक मोडमा रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्नु पहिलो चुनौति रहेको समेत बताएका छन् । जनताको सुशासनप्रतिको चाहाना पूरा गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
आज राजधानीमा आयोजना गरिएको धन्बाद ज्ञापन कार्यक्रममा बोल्दै सिहंले अहिले नेपालको राजनीतिमा आएको परिवर्तनलाई आफुले नजिकबाट बुझेको र जनताले चाहेको परिवर्तनलाई सफल बनाउन लागिपर्ने दाबी गरेका छन् । यस्तो जटिल समयमा पनि जनताले आफुलाई विश्वाश गरेको प्रति आफु गम्भिर रहेकोले अबका दिनमा नागरिकको खबरदारी संगै अगाडि बढ्ने बताए ।
उनले आफ्नो विगतको संसदीय कार्यकालमा, आफ्नो क्षेत्र काठमाण्डौ १को विकासमा उल्लेख्य योगदान गरेको दाबी समेत गरे । त्यस्तै उनले काठमाण्डौ क्षेत्र नं १ देशकै मुटु भएकोले सधैं परिवर्तनशील नागरिकका आवश्यकता र चाहनाको सवालमा नागरिकले सधैं जन प्रतिनिधिलाई सचेत र सजग गराई राख्नुपर्ने बताए ।
आफुले जनताको सेवाको लागि नागरिका सुझावलाई सहज रुपमा लिदै त्यस्लाई आफ्नो कार्यमा सकरात्मक रुपमा प्रश्तुत गर्नेे बताए । आफुलाई ४ पटक संसदीय नेताको रुपमा विश्वास गरेकोमा धन्यवाद दिँदै सिहंले अबका दिनमा आफ्नो चुनावी एजेण्डामा रहेर कार्य गर्ने बताए ।