Logo

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु, समानुपातिकमा पठाउने नाम टुँगो लगाउने



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।

समानुपातिकमा पठाउने नामहरुको टुंगो लगाउन बैठक बसेको जनाईएको छ । कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ ।

३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था भएकोले पुरुषमा ३ जनाको मात्रै कोटा छ ।

यो निर्वाचनमा कांग्रेस पहिलो दल बनेको छ । सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेता बन्नको लागि सक्रिय छन् ।

उनलाई यसपटक दलको नेतामा महामन्त्री गगन थापाले चूनौति दिने भएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्