Logo

मोरङ–३ बाट निर्वाचित कांग्रेस नेता सुनिल शर्माको नाममा नयाँ रेकर्ड कायम



काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई २२ हजारभन्दा बढीको मतान्तरले पराजित गर्दै मोरङ-३ बाट निर्वाचित कांग्रेस उम्मेद्वार सुनिल शर्माले पार्टीमा नयाँ रेकर्ड बनाएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसमा सबैभन्दा बढि मतान्तरले विजयी हुने उम्मेदवारको किर्तीमानी उनको नाममा रहेको छ ।

मतान्तरमात्रै नभएर उनको नाममा यसपटक अर्को किर्तीमानी पनि थपिएको छ । सो क्षेत्रमा ०४६ सालपछि पहिलोपटक कांग्रेसले जितेको हो । त्यो रेकर्ड पनि शर्माकै नाममा रहेको छ । शर्माले ४८ हजार ६३१ मत ल्याएका हुन् ।

शर्मा यसपटकको निर्वाचनमा देशभरिमा ठूलो मतान्तरले चुनाव जित्नेमा तेस्रो भएका छन् । रवि लामिछाने, केपी शर्मा ओलीपछि शर्माको ठूलो मतान्तर हो । मेडिकल व्यवसायमा संलग्न शर्मा मोरङ जिल्लामै लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।

समाजसेवाको कारण उनी सबै दलको प्रिय मानिन्छन् । कांग्रेसमा नेतृत्व पँक्तिले शर्मालाई धेरै विश्वास गर्दै आएको छ । अब बन्ने सरकारमा उनलाई मन्त्री बनाईनुपर्ने दबाब पनि पार्टीभित्र सिर्जना भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्