Logo

विदेशी कम्पनीको देखांकन समस्या फुकाउने तयारी



काठमाडौं, मंसिर २८ । सरकारले विदेशी लगानीका कम्पनीले कबोल गरे अनुसार लगानी ल्याउन नसकेर देखिएको समस्या फुकाउने तयारी गरेको छ ।

विदेशी लगानीकर्ताले उद्योग विभागमा प्रतिवद्धता जनाएअनुसार पूरा लगानी ल्याउन नसकेपछि सेयर खरिद बिक्री, लाभांश प्राप्ति लगायतका विषयमा समस्या देखिएको छ । अहिले यहि समस्या हटाउने तयार भएको हो । विभागले प्रतिवद्धताका तुलनामा अपुरो वैदेशिक लगानी ल्याउनेका हकमा बाधा अड्काउ फुकुवाको व्यवस्था गर्न लागेको हो ।

उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा हस्तान्तरण शाखाले विदेशी लगानीको लेखांकन तथा लेखांकन समर्थनका लागि प्रमाणसहित निवेदन दिन लगानीकर्तालाई सूचित गरेको छ । आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्