Logo

एमाले–माओवादी मिल्ला ?



काठमाडौं, पुस १ । आगामी सरकार गठनबारे नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच छलफल सुरु भएको छ । वाम एकता र कम्युनिस्ट नेतृत्वको सरकार गठनबारे दुवै दलका शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिनिधिसभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को एक/एक सिट छ । सबै कम्युनिस्ट पार्टीको कुल १ सय २२ सिट हुन्छ । सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ । कम्युनिस्ट पार्टी नेतृत्वमा सरकार गठनका लागि २६ सिट अपुग छ ।

एमाले नेतृत्वको गठनमार्फत निर्वाचनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १४ र जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग १२ सिट छ । राप्रपा र जसपाले मात्रै सहयोग गरेर कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बन्न सहज छ । ६ सिटको जनमत पार्टी र ६ स्वतन्त्र सांसदसहित अन्य साना दललाई समेत ‘कम्युनिस्ट’ गठबन्धनमा ल्याउन सकिन्छ ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुभकामना दिँदै आगामी दिन मिलेर आग्रह गरेका थिए ।

मंगलबार राति एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच ‘आगामी सरकार गठन र वाम एकताबारे छलफल भएको दाबी स्रोतको छ । स्रोतका अनुसार उनीहरूबीच करिब २ घण्टा लामो छलफल भएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्