Logo

समृद्धि फाइनान्सद्धारा जनकपुरको बृद्धा आश्रममा न्यानो लुगा वितरण



काठमाडौं, १ पुष । समृद्धि फाइनान्सले जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर वडा न. ८ मा रहेको जानकी बृद्धा आश्रममा बृद्धबृद्धालाई हालै कम्बल वितरण गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत २० जना बृद्धबृद्धालाई यस संस्थाका जनकपुर शाखा प्रमुख अमर चौधरी र जानकी बृद्धा आश्रमका कोषाध्यक्ष ललित बजाजुको उपस्तिथिमा कम्बल वितरण गरिएको उक्त संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले मंसिर २८ गते पनि बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक बिधालयका २६ जना बिधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्