Logo

एमाले सरकार बनाउने ताउरमाउरमा छैनः बडाल



काठमाडौं, ४ पुस । नेकपा एमालेका नेता केशव बडाल नयाँ सरकार निर्माणबारे आफ्नो पार्टी ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताएका छन् ।
‘अहिले हामी सत्तारुढ गठबन्धनको गतिवधि हेरिरहेका छौं । राष्टपतिले सरकार निर्माणका लाग एक हप्ताको समय दिनुभएको छ । तर हामी त्यस्तो कुनै ताउरमाउर गरिरहेका छनौं । गठबन्धनले सकेन भने हामी तयार हुन्छौं । अहिले हामी पर्ख र हेरको रणनीतिमा छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बडालले भने ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार भएको हो भन्ने प्रश्नमा उनले भने, ‘एक्लै सरकार बनाउने कोही पनि देखिँदैन, १३८ सिट चाहिन्छ । संघमा मात्र नभएर सातै प्रदेशमा सरकार बनाउने हाम्रो आधार छ । त्यसैले विविध कारणले कुराकानी अघि बढाउनुलाई अन्यथा सोच्नु हुँदैन । हामीले आफैं जिम्मा लिनुपर्छ कि अरु कसैलाई जिम्मा दिनुपर्छ, सघन छलफलमा छौं । भोलि आवश्यक पर्दा दायित्व व्यवस्थापन हुन्छ । त्यसबारे अहिले बोल्नु हतार हुन्छ । यो धर्तीमा असम्भव केही पनि छैन ।’
पूर्व प्रधानन्यायाधीशलाई राष्ट्रपति बनाउन संविधानले बाटो नखोलेको पनि बडालले बताए ।



प्रतिक्रिया दिनुहोस्