Logo

प्रधानमन्त्री देउवाद्वारा नेपाल नगरपालिका संघको ८औं राष्ट्रिय अधिवेशनको उद्घाटन (फोटोफिचर)



काठमाडौं, ४ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशनको उद्घाटन गरेका छन् । सो अवसरमा प्रधानमन्त्री देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने धाराणा राखेका थिए । अधिवेशन आज र भोलि चल्नेछ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्