Logo

विश्वकप हारेपछि फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



काठमाडौं, पुस ५ । रियल मड्रिडका स्ट्राइकर तथा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा ट्विीटर मार्फत आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

फिफा विश्वकप २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएपछि बेन्जेमाले सन्यासको घोषणा गरेका हुन् । फिफा विश्वकप २०२२ मा टोलीमा रहेका बेन्जेमा अभ्यासको क्रममा तीघ्रामा चोट लागेपछि विश्वकप खेल्नबाट वञ्चित भएका थिए ।

सन् २००७ को मार्चमा अष्ट्रिया विरुद्ध फ्रान्सबाट डेब्यु गरेका बेन्जेमाले फ्रान्सको लागि ९७ खेल खेल्दा ३७ गोल गर्न सफल भएका छन् । बालन डे अवार्डबाट पुरस्कृत बेन्जेमाले नेसन्स लिग जितेसँगै फ्रान्सलाई २०२२ को विश्वकपमा सजिलै क्‍वालिफाइ गराएका थिए ।

बेन्जेमाले रियल मड्रिडलाई लालिगा, दुईवटा कोपा डे रे र पाँचवटा च्याम्पियन्स लिगसहित २३ वटा उपाधी दिलाउँदै रियल मड्रिडका दोस्रो धेरै गोल गर्ने खेलाडीका रुपमा आफूलाई चिनाएका छन् । करिम बेन्जेमाले फ्रेन्च टोलीमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा पाँचौ स्थानमा आफ्नो नाम दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्