काठमाडौं, ५ पुष । नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापाले दलको नेतामा उम्मेदवारी दिएका सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ताको लागि आग्रह गरेका छन् । आज (मंगलबार) सिंहदरबारस्थित दलको कार्यालयमा दलको नेताको लागि उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले सभापति देउवालाई यस्तो आग्रह गरेका हुन् ।
उनले भने,‘सभापतिज्यूले अब शान्त मनले सोच्नुपर्छ र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन लिनुहोस । वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।’ तस्विर : ईश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम