Logo

तीन बुँदे सहमति कार्यान्वयनको लागि दबाबस्वरुप नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सडकमा (फोटोफिचर)



काठमाडौं, ५ पुष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठनले सरकारले पार्टीसँग गरेको तीन बुँदे सहमतिको लागि दबाबस्वरुप आन्दोलनलाई निरन्तरता दिएको छ । विद्यार्थी संगठनले आज (मंगलबार) काठमाडौंस्थित् आर.आर. क्याम्पसअगाडि प्रदर्शन गरेको हो ।

सो क्रममा उनीहरुले टायर पनि बालेका थिए । हालै सरकारले राजनीतिक बन्दीहरुको रिहाईको लागि अध्यादेश ल्याएको छ । तर, उक्त अध्यादेश जारी नगरेको भन्दै नेकपाले विरोध जनाएको छ । तीन बुँदे सहमति कार्यान्वयनमा षड्यन्त्र भैरहेको उक्त विद्यार्थी संगठनको आरोप छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्