Logo

माधव नेपाल भेट्न देउवा र प्रचण्ड टिचिङ अस्पतालमा, आजै गठबन्धनको बैठक बस्दै



काठमाडौं, ६ पुष । रुघाखोकी र ज्वरोको कारण अस्पताल भर्ना भएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि अस्पताल पुगेका हुन् ।

अध्यक्ष नेपाल हिजो अस्पताल भर्ना भएका हुन् । आजै गठबन्धनको बैठक बस्ने र सरकार गठनको प्रक्रिया थाल्ने तयारी छ । आजमात्रै देउवा आफ्नो दलको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । भोलि प्रतिनिधिसभाका सांसदहरुको शपथग्रहण छ । राष्ट्रपतिले सरकार गठनको लागि दिएको समयसिमा घर्किन लागेकोले देउवा र दाहालले गठबन्धन दलभित्र सरकार गठनको लागि गृहकार्य थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्