काठमाडौं, ७ पुष । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । यसअघि बसेको पदाधिकारी बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई सर्वसम्मत गरेको हो ।
त्यस्तै, प्रमुख सचेतकमा भने हितराज पाण्डेको नाम सिफारिश गरिएको छ। दलको उपनेतामा भने उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन्। पदाधिकारी बैठकमा दलको उपनेता र सचेतकबारे कुनै निर्णय लिईएको थिएन ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम