Logo

गठबन्धनले सरकार बनाउन सकेन भने टुलुटुलु हेरेर बस्दैनौंः अष्टलक्ष्मी शाक्य



काठमाडौं, ८ पुस । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धन रहेसम्म पार्टीले सरकार गठनको पहल कदमी नलिने बताएकी छन् ।
‘हामी गठबन्धन भत्काउन लागेका छैनौं । हामीले त्यस्तो रणनीति बनाउन पनि पर्दैन । त्यो आफैं भत्किन्छ । गठबन्धन रहेसम्म एमालेले सरकार गठनको पहल कदमी पनि लिँदैन । तर गठबन्धनले सकेन भने टुलुटुलु हेरेर बस्न पनि सक्दैनौं । एमाले दोस्रो ठूलो पार्टी हो । प्रतिपक्षमा बस्न तयार छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शाक्यले भनिन् ।
जनतालाई खुसी र सुखी बनाउने कुरामा एमालेले कसैसँग सम्झौता नगर्ने पनि उनको स्पष्टोक्ति छ । साथै उनले वाम गठबन्धनको सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताइन् । तत्काल एमाले र कांग्रेसको सरकार बन्ने अवस्था नदेखिएको पनि औंल्याइन् ।



प्रतिक्रिया दिनुहोस्