काठमाडौं, १० पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको लागि पहल थालेका छन् । सत्ता गठबन्धनमा सहमति हुन नसकेपछि ओली आँफैले सरकार गठनको लागि पहल लिएका हुन् ।
अहिले रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन बालकोटमा छन् । अहिले केहीबेरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपनि बालकोट बैठकमा सहभागी हुने जनाईएको छ ।
प्रचण्ड बालुवाटारको बैठक छाडेर खुमलटार पुगेका छन् । उनले यसअघि नै गठबन्धन टुटेको प्रतिक्रिया दिएका छन् । एमालेले भने प्रचण्डले गठबन्धन तोडेर आए प्रधानमन्त्री दिने सहमति जनाएको चर्चा छ । file photo/ReportersNepal