Logo

बालकोट बैठक : प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति, १६६ सांसदको समर्थन रहेको दाबी



काठमाडौं, १० पुष । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि बालकोटमा १६६ सांसदको समर्थन जुटेको दाबी गरिएको छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।

एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।  प्रचण्डले आजमात्रै कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसँग सहकार्य अघि बढाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्