-विपिन देव : वर्तमान तरल भू(राजनैतीक अवस्थामा शक्ति राष्ट्रहरूको सामरिक गठबन्धन र कूटनैतीक गठजोड चिरन्तन छैन । रसिया(युक्रेन द्वन्दपश्चात् विश्वको शक्ति सन्तुलनमा आमूल परिर्वतन देखिएको छ । रुस र युक्रेनको द्वन्द पश्चात पश्चिमा मुलुकहरूबीच सहकार्य बढिरहेको छ भने रुस र चीनबीचको सामिप्यता पनि बढिरहेको छ । रुस(युक्रेनको युद्ध पश्चात् ८० लाख मान्छेहरू शरणार्थीमा विस्थापित भएको छ ।
४० वटा मुलुकहरूले रुसविरुद्ध नाकाबन्दी समेत गरेका छन् । पश्चिमा शक्तिको दवावका बावजुद पनि भारतले रसियासंगको उर्जा आयातमा २१ प्रतिशतले बढोत्तरी गरेको देखिन्छ । अर्थात् विगतको दिनमा भारतले ४३ हाजर वाइरल इन्धन आपूर्ति गरेको थियो भने हालका दिन ९६० हजार वाइरल आयात गर्ने गरेको छ । एकतर्पm रुससंग व्यापारिक सम्बन्ध बढ्नु र अर्कोतर्पm पश्चिमा शक्तिसंग दवावलाई मत्थर गर्दै अगाडि बढ्नु भारतको प्रमुख कूटनैतीक चूनौती देखिएको छ । पश्चिमा शक्तिको रणनीतिलाई पश्चिमा सञ्चारमाध्यमले प्रभावित गर्ने गरेको छ । यस परिवेशमा भारतीय कूटनीतिकको प्रमुख दायित्व रुस र पश्चिमा शक्तिहरूसंग सन्तुलित नीति लिइ अगाडि बढ्नु हो । भारतीय कूटनीतिको दोस्रो चूनौती भारत(चीन सम्वन्धलाई सन्तुलित बनाई आप्mनो राष्ट्रिय हितअनुरुप अगाडि बढ्नु हो ।
डोक्लमदेखि ग्लवान हु‘दै अरुणाँचलको तमावाङ्ग इलाकामा चीन भारतको वोर्डर तनावग्रस्त देखिएको छ । मोदी र सीबीच विगतमा १४ पटक वार्ता भएतापनि बोर्डर समस्या समाधानको छाँटकाँट देखिएको छैन । संघाई सहयोग संगठन शिखर सम्मेलन होस वा जि ट्वेन्टीको शिखर सम्मेलन होस, यी सम्मेलनहरूमा मोदी र सीबीच कुनै सम्वाद भएको छैन । चिनियाँ कम्पयूनिष्ट पार्टीको २०औं अधिवेशन पश्चात् चिनियाँ नीतिमा आक्रमता बढेको देखिन्छ । अर्कोतर्पm चीन–भारतबीच अपार व्यापारिक सम्भावना समेत रहेको छ । सीमा तनावको भूमरीमा समेत भारत र चीनबीच ३१ प्रतिशतले व्यापार बढेको देखिन्छ । अर्थात् चीन–भारतबीच ११५ विलियन अमेरिकी डलरको रहेको छ । यी विरोधाभाषलाई मत्थर बनाउ‘दै चीनसंग व्यापारिक घाटा कम गर्दै नयॉ सहमति र सम्भावनाको खोजी गर्नु भारतीय कूटनीतिको दोस्रो चूनौती रहेको छ ।
तेस्रो चूनौतीको रुपमा पश्चिम एशिया रहेको छ । भर्खरै साउदी राजकुमार विन सलमान र राष्ट्रपति सीबीच ३४ वटा सम्झौता समेत भएको छ । पश्चिम एसियाली क्षेत्रीय संगठनमा राष्ट्रपति सी को सहभागितालाई उच्च महत्व दिएको देखिन्छ । कतारका राष्ट्र प्रमुख फिफा खेललाई समेत थाँती राखि उक्त सम्मेलनमा सहभागिता भएको घटना कूटनीतिकि वृत्तमा अर्थपूर्ण रहेको देखिन्छ । अर्कोतर्पm अमेरिका, इजरायल, साउदी अरवेयी र भारतबीच आई. टु र यु.टु नामक चतुर्भूजीय संरचना समेत विकसित भइरहेको छ । उक्त संरचनालाई दोस्रो क्वार्डको नामाकरण समेत गरिएको छ । चीनको बढ्दो प्रभाव र लगानीलाई सन्तुलन गर्नको लागि भारतीय कूटनीतिले पश्चिम एसियामा आप्mनो सक्रियता बढाउनु परेको छ । पश्चिम एसियामा चीनभन्दा भारतको पकड हालसम्म बलियो देखिन्छ ।
भारतीय जनशक्तिको सीप र मेहनतले पश्चिम एसियाको समृद्धि र विकासलाई टेवा दिएको छ । भारतको तेस्रो चूनौती इरानसंगको सम्वन्ध रहेको छ । अमेरिकी दवावका कारण भारतले इरानको तेल आपूर्तिमा व्यापक कटौती गरेको थियो । इरान–भारतमैत्री उषा कालदेखि नै बलियो रहिआएको छ । काश्मिरको मुद्दामा पाकिस्तानलाई दवाव दिन इरान सदैव भारतको साथ रहेको देखिन्छ । इरानमा कट्टरपन्थीको दवदवा बढ्दै आएको छ । इरानमा मासी मिनीको हत्यापछि हिजावको विरोधमा व्यापक आन्दोलन बढेको छ । नारी आन्दोलनले इरानी सरकारलाई दवावमा राखेको छ । इरानमा पश्चिमा शक्तिको दवाव प्रचुर मात्रामा बढेको देखिन्छ ।
इरानी सरकारको हरकतको विरुद्धमा अन्तराष्ट्रिय मानव अधिकारमा मतदान समेत भएको छ । उक्त मतदानमा भारत आप्mनो तटस्थता देखाउ‘दै इरानको पक्षमा उभिएको छ । यसको दुईवटा रणनीति रहेको छ । इरानमा भारतीय लगानीमा चावाहार वन्दरगाह निर्माण भइरहेको छ । चावाहार वन्दरगाह पूर्ण रुपमा सञ्चालित भएको खण्डमा भारतले सेन्ट्रल एसिया लगायत रुससंग सिधै व्यापार गर्न सक्दछ । साथसाथै अफगानीस्तानमा समेत आप्mनो पहु‘च बढाउन सक्दछ । इरानसंग मैत्री सम्बन्ध बनाउ‘नुको कारण उर्जा संकटबाट जोगिनु समेत हो ।
अर्को शब्दमा भन्ने हो भने इरानले रणनीतिक र सामरिक रुपमा उर्जा संकट, व्यापार प्रर्वद्धन र आतंकवादमा लगाम कस्न भारतको सहयात्री हुने जानकारहरूको आँकलन रहेको देखिन्छ । यस अर्थमा भारतीय कूटनीतिको महत्वपूर्ण चूनौती नै इरानसंगको समधरतालाई अभिवृद्धि गर्न हो । चौथो दायित्व भन्नाले भारतले आप्mनो अन्तर्राष्ट्रिय दायित्व र पदचापको प्रभावलाई अगाडि बढाउनु हो । वर्तमान तरल भू(राजनैतिक परिवेशमा भारतको अन्तराष्ट्रिय दायित्व बढेको देखिन्छ । भारतले विभिन्न अन्तर्राष्ट्रिय संघ र संगठनहरूको नेतृत्व गरिरहेको छ ।
सुरक्षा परिषदको अध्यक्षता, संघाई संगठनको अध्यक्षता र जी टेउन्टीको अध्यक्षताको दायित्वले भारतको भूमिकालाई मापन गर्दछ । सन् २०२३ को सेप्टेम्बरमा विश्व नेतृत्व भारत भूमिमा आउ‘दै छ । संसारको भिटो प्राप्त पॉच शक्तिका नेताहरू जी टेउन्टीको शिखर सम्मेलनमा भारत आउ‘ने भएको छ । अर्थात् जी टेउन्टीको भावी प्रारुपलाई निर्धारण गर्न भारतका विदेशमन्त्री डा. एस. जयशंकरले व्यापक गृहकार्यको अनुष्ठानसमेत गरेका छन् । जी ट्वेन्टी संसारकै सबभन्दा ठुलो आर्थिक आकार भएको संगठनले गर्दा यसको भूमिकासमेत महत्वपूर्ण हुन गएको छ ।
यस अर्थमा जी ट्वेन्टीको सफलता भारतको कूटनीतिक सफलतासंग समेत जोडिएको देखिन्छ । भारतको अर्को दायित्व यसको छिमेक नीति रहेको छ । विश्व वैंकको तथ्याङ्कअनुसार दक्षिण एसियाका अधिकांश मुलुकहरू आर्थिक मन्दीको संघारमा रहेको छ । श्रीलङ्का यसमा प्रतिनिधि उदाहरण हुन । दक्षिण एसियाली मुलुकहरू जी.डि.पी. १ प्रतिशतले घटेको देखिन्छ । वर्तमान परिवेशमा संसारकै छरितो आर्थिक विकास गर्ने मुलुकहरूको सूचाकमा भारत अग्रपँक्तिमा रहेको छ । यस परिवेशमा दक्षिण एसियाली मुलुकहरूको अर्थतन्त्रमा सुधार ल्याउनु नैतिक दायित्वका साथ साथै भारतको राष्ट्रिय स्वार्थ समेत रहेको छ ।
यस अवस्थामा सार्कको विकल्पमा विमभसटेकलाई सक्रिय बनाउनुसमेत भारतीय कूटनीतिको जिम्मेवारी रहेको देखिन्छ । भारतीय कूटनीतिको अर्को महत्वपूर्ण पाटो पार्यावरण नीति रहेको छ । एक अन्तर्राष्ट्रिय शोध संस्थानको तथ्याङ्कअनुसार दक्षिण एसियाको ६० प्रतिशत मान्छेहरू प्रदुषणबाट प्रभावित रहेको छ । विगत “कप २०” सम्मेलन इजिप्टमा समापन भएको थियो भने आउ‘ने दिनमा “कप २०” यु.ए.ई.मा हुने भएको छ । पार्यावरणको समस्याबाट विकसित र अल्प विकसित मुलुकहरूको ध्वनी र स्वरलाई प्रतिविम्वित गर्ने अभिभारा समेत भारतीय कूटनीतिको रहेको छ । अर्थात् पार्यावरण र आतंकवादका साथ साथै हिन्दमहासागरीय क्षेत्रमा आप्mनो प‘हुच र पहिचानलाई बलियो बनाउनुसमेत भारतीय कूटनीतिको दायित्व रहेको छ ।
संसारको ध्यान नै हिन्द–महासागरीय क्षेत्रमा रहेको छ । हिन्द–महासागरीय क्षेत्रमा क्वार्ड (अमेरिका, भारत, अष्ट्रेलीया र जापान)को सक्रियता बढेको छ । साथसाथै हिन्द–महासागरीय क्षेत्रको केन्द्रमा आसीयान (इण्डोनेशीया, मलेशीया, थायल्याण्ड, सिंगापुर, लाओस, म्यानमार, भियतनाम, पिलिपिन्स) रहेको छ । यी देशहरूसंग भारतको सम्बन्ध सघन रहेको छ । यो सघनताले भारतको हिन्दमहासागरीय नीतिलाई अब्वल बनाएको देखिन्छ ।