Logo

सिंहदरबारबाट देउवाका मन्त्रीहरुको धमाधम बिदाई



काठमाडौं, ११ पुष । सिंहदरबारबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुको विदाई सुरु भएको छ । केहीबेरअघि श्रममन्त्री शेरबहादुर कुँवर विदा भएका थिए । सो क्रममा उनले आफ्नो नेतृत्वमा भएको मन्त्रालयका प्रगति विवरण पनि सार्वजनिक गरेका थिए ।

अहिले भर्खरै गृहमन्त्री बालकृष्ण खाँण विदाइ भएका छन् । सो क्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारीले खाँणलाई विदाई गरेका हुन् । हिजोमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अहिले ४ बजे प्रधानमन्त्री दाहालको सपथग्रहण छ । आजै प्रधानमन्त्री दाहालले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्