काठमाडौं, ११ पुष । हेम–सरिता पाठक फाउण्डेसनले विभिन्न विधाका पुरस्कार वितरण गरेको छ । फाउण्डेशनले आज (सोमवार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ती विभिन्न विद्याका पुरस्कार वितरण गरेको हो ।
सो कार्यक्रममा दुई हजार डलर राशीको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार योहो टेलिभिजनका समाचार प्रमुख तथा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई प्रदान गरेको हो । सो अवसरमा पत्रकार भण्डारी सम्मानित भएका छन् । त्यस्तै, फाउण्डेशनले एक हजार डलर राशीको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगति पुरस्कारबाट गायक नविन पौडेललाई सम्मानित गरेको छ ।
यसाका साथै एक हजार डलर राशीसहितको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार कवि मनोज विश्वकर्माले पाएका छन् । फाउण्डेशनको अन्तर्राष्ट्रिय समिति अध्यक्ष जेनी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार हरिबंश आचार्य,बरिष्ठ राजनीतिक दिनानाथ शर्मालगायतले फाउण्डेशनले भ्रष्टाचारविरुद्ध चलाएको अभियानलाई नेपाल सरकारकाले साथ दिनुपर्ने बताए ।
सो कार्यक्रममा अध्यक्ष जेनी पाठक र फाउण्डेशनका संरक्षक हेम पाठकले आफूहरुले नेपालको शिक्षा,स्वास्थ्य र सुशासनको पक्षमा गरेका हालसम्मका कामहरुको बारेमा जानकारी गराएका थिए ।
अमेरिकामको टेक्ससमा मुख्य कार्यालय रहेको सो फाउण्डेशनले नेपालको दुर्गममा विद्यालय भवन निर्माणदेखि विपन्न बालवालिकाको शिक्षामा लगानी गरेको छ ।
विशेषगरी संस्थाले भ्रष्टाचारविरुद्ध श्रष्टाहरुलाई सम्मान तथा भ्रष्टाचारविरुद्ध लेख्दै र वकालत गर्दै आएकाहरुलाई पुरस्कृत गर्ने गरेको छ । सोही अवसरमा भ्रष्टाचारविरुद्धको कविता संग्रह विमोचनसमेत भएको छ ।
तस्विर : दिनेश चौधरी, रिपोर्टर्स नेपाल डटकम