Logo

कारबाट लुटिएको दूतावासको पैसा अझै भेटिएन



काठमाडौं, पुस १३ । अमेरिकास्थित नेपाली राजदूतावासले करिब एक हजार नेपाली नागरिकबाट पासपोर्ट नवीकरण र गैरआवासीय नेपाली प्रमाणपत्र निर्माण गर्ने प्रयोजनले उठाएको झण्डै तीन करोड नेपाली रूपैयाँ बराबरको डलर लुटिएको एक सातासम्म पनि न लुटेरा पत्ता लागेको छ न त लुटिएको झोला नै फेला परेको छ ।

राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार यही मंसिर २९ गतेदेखि पुस ५ गतेसम्म टेक्सास राज्यको डायलस, अस्टिन र हृयुस्टनमा उठाइएको सो रकम पुस ७ गते पार्किङमा राखिएको कारको सिसा फुटाएर लुटेराले लगेको थिए ।

अमेरिका बसोबास गर्ने नेपालीहरूलाई घरदैलो सेवा गर्न घुम्ती टोली लिएर वासिंगटन डीसीबाट टोली टेक्सास राज्य पुगेको थियो ।

‘राजदूतावासका कर्मचारीको लापरबाहीका कारण दुई लाख डलरभन्दा बढी रकम लुटिएको छ, यो लज्जाको विषय हो ।’ क्यालिफोर्निया निवासी मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले घटनाको विवरण दिँदै बताए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्