Logo

आरआर क्याम्पसमा कुटाकुट, खुकुरी प्रहारबाट तीन जना घाईते



काठमाडौं, पुस १३ । राजधानीको भृकुटीमण्डप स्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थी नेताबीच कुटाकुट हुँदा तीन जना घाईते भएका छन् ।

बुधबार विहान स्ववियु निर्वाचनका विषयमा छलफल गर्दा विवाद उत्पन्न भएपछि अनेरास्ववियू (क्रान्तिकारी)का नेता र कार्यकर्ताबीच खुकुरी हानाहान हुँदा अनेरास्ववियू क्याम्पस कमिटि अध्यक्ष मदन भण्डरी, उपाध्यक्ष लोकेश खड्का लगायतका विद्यार्थी नेताहरु घाईते भएका छन् । खुकुरी लिएर कुटाकुटमा उत्रिएपछि अहिले क्याम्पस क्षेत्रको वातावरण तनावग्रस्त छ ।

कुटाकुटुमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार केही कार्यकर्ताको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

एकै संघगठनका विद्यार्थी नेताहरुबीच कुटाकुट भएको हो ।खुकुरी प्रहारबाट घाईते तीन जनाको बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्