![](https://reportersnepal.com/wp-content/uploads/2022/12/jasapa-2022-3-768x512.jpg)
काठमाडौं, १३ पुष । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत् चयन भएका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा अधिकांश सांसदहरुले यादवलाई दलको नेतामा चयन गरेका हुन् ।
यसअघि संघीय परिषद् अध्यक्ष अशोक राईको नाम दलको नेतामा चर्चामा थियो ।
तर, यादवले राईलाई पन्छाउनको लागि रामसहाय प्रसादलाई अघि बढाएका हुन् ।
Photo By: Mukunda Kalikote/ReportersNepal