काठमाडौं, पुस १४। नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदैछ । दलका नेताका लागि मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादब र प्रदेशका पुर्व मन्त्री राम सरोज यादवले उम्मेदवारी दिएका छन् ।
दलको नेताका लागि दुबै जनाले उम्मेदवारी दर्ता गराईसकेका छन् । दलको नेता चयन गर्न आज ३ देखि ४ बजेसम्म मतदान हुने र ५ बजे भित्रमा परिणाम सार्वजनिक हुनेछ । निर्वाचनको लागि कांग्रेस पार्टीका मधेस उपाध्यक्ष चन्द्रशेखर यादको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
मधेस प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव, जसपाका लालबाबु राउत, जनमत पार्टीका महेशप्रसाद यादव र त्रिभुवन साहको नाम चर्चामा छ। मधेस प्रदेशसभा १०७ सदस्यीय छ। सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ।
मधेश प्रदेशमा सत्ता गठबन्धन एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १÷१ सांसद छन्। सो प्रदेशसभामा कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेपाल संघीय समाजवादी पार्टीका एक र ६ जना स्वतन्त्र सांसद छन्।