Logo

दिनेश त्रिपाठीको दाबी : प्रचण्ड सरकारको आयु ३ देखि ६ महिनामात्रै ! (भिडिओसहित)



काठमाडौं, १५ पुष । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु छ महिना भन्दा लामो नरहेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले विश्वासको मत लिएपनि अहिलेको सरकारको ‘रिमोट कन्ट्रोल’ केपी ओलीको हातमा रहेकाले संविधानको धारा १०० अनुसार एमाले अध्यक्ष ओलीको चाहनामा सरकार विघटन हुने उनले दाबी गरेका हुन् ।

‘औपचारिक रुपमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न सकिँदैन । तर, संविधानको धारा १०० अनुसार कुनै एउटा दलले सरकारको समर्थन फिर्ता लिने वित्तिकै फेरी विश्वासको मत लिनु पर्ने हुन्छ । सरकारको नीति तथा कार्यक्रम र बजेट पास नभएमा सरकार रहिरहन्छ ?,’ उनले भने ।

त्यसैगरी, अर्का वरिष्ठ अधिवक्ता डा. ज्ञान बस्नेतले बालुवाटारको शक्ति बालकोट पुगिसकेको र प्रचण्ड प्रधानमन्त्रीको थपनाको रुपमा मात्र रहेको टिप्पणी गरेका छन् । सम्पूर्ण शक्ति बालकोटमा केन्द्रीत भएको र ओलीको सहमतिबिना प्रचण्डले रौसमेत हल्लाउन नसक्ने उनको दावी छ । साथै, उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछाने नेपाली नगरिक कि अमेरिकी नागरिक हो भन्ने विवाद कायमै रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्