काठमाडौं, पुस १६ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षासहित हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौको न्यूतनम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।