काठमाडौं, १७ पुष । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठक आजपनि जारी रहेको छ । सरकारमा सहभागिताको विषय टुंगो लगाउन हिजो ९शनीबार० देखि सुरुभएको स्थायी समिति बैठकले आजपनि निरन्तरता पाएको हो ।
आजको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टी सहभागी हुने कि प्रतिपक्षमा बस्ने भन्ने बारेमा निर्णय लिने बताइएको छ ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आजको बैठकमा वर्तमान सरकारमाथिको दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल हुनेछ ।
Photo By: Mukunda Kalikote/ReportersNepal