काठमाडौं, पुस १८ । नेपाल टी–२० क्रिकेट लिगमा काठमाण्डौ नाइट्सले पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनायो । काठमाण्डौका लागि एलेक्स ब्लेकले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुनाम गौतमले ४५, भिरनदीप सिंहले ३२ र रायन ब्रुलले १० रन बनाए ।
पोखराका लागि तुलबहादुर थापाले २ विकेट लिए भने प्रतिस जिसी र कुशल मल्लले समान १र१ विकेट लिए । काठमाण्डौले अहिलेसम्म ५ खेलमा तीनमा जित निकालेको छ भने दुईमा हार बेहोरेको छ । काठमाण्डौ तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको पोखरा भने ७ खेलमा दुईमा मात्रै विजयी छ ।
यस्तै, फार वेस्ट युनाइटेड र जनकपुर रोयल्सबीचको खेल दिउँसो १ बजे हुनेछ । यो खेल पनि कीर्तिपुर मैदानमै हुनेछ । पाँच खेलमा एकमा मात्र विजयी भएको फार वेस्ट तालिकाको पुछारमा छ भने जनकपुर तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले अहिलेसम्म ६ खेल खेलेकोमा ४ मा जित निकालेको छ ।